बोलिभियाकी पूर्वराष्ट्रपतिलाई १० वर्ष जेल सजायको फैसला

बोलिभियाकी पूर्वराष्ट्रपतिलाई १० वर्ष जेल सजायको फैसला

केन्द्रबिन्दु
0
Shares

बोलिभियाकी पूर्व राष्ट्रपति जेनिन अनेजलाई १० वर्षको जेल सजायको फैसला भएको छ।

अदालतले शुक्रबार १० वर्ष जेल सजाय दिनुपर्ने फैसला गरेको हो। उनलाई गिरफ्तार गरेको झण्डै एक वर्षपछि उनलाई जेल सजाएको फैसला गरेको हो । अहिले ५४ वर्ष भएकी अनेजलाई गत वर्ष सन् २०२१ को मार्चमा गिरफ्तार गरेर अदालतमा सुनुवाइ र अनुसन्धान प्रक्रिया चलाइएको थियो।

उनले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएकी छन्। आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा झुटा आरोपहरू लगाइएको उनको भनाइ छ। पूर्वराष्ट्रपति अनेजले आरोपलाई अस्वीकार गरेपनि अदालतले दोषी ठहर गर्दै कारागार सजाय दिनुपर्ने फैसला गरेकाले उनले महिला कारागारमा तोकिएको समय बिताउनु पर्ने भएको छ। उनलाई लापाजस्थित कारागारमा राखिने अधिकारीहरूले जनाएका छन्।

उनले संविधानले दिएको आफ्नो जिम्मेवारी र अधिकारभन्दा बाहिर गएर अपराध गरेको देखिएकाले उनलाई सजायको फैसला गरिएको अदालतको भनाइ छ। उनका विपक्षीहरूले भने उनलाई कम्तीमा १५ वर्ष जेल सजाय हुनुपर्ने माग अदालतसँग गरेका थिए। उनलाई राष्ट्रपति हुनुअघि सिनेटर भएको बेलादेखिकै विभिन्न आरोपहरू लगाइएको छ।

दक्षिणपन्थी नेतृ अनेज सन् २०१९ को नोभेम्बरदेखि ठिक एक वर्ष बोलिभियाको अन्तरिम राष्ट्रपति बनेकी थिइन्। त्यसअघि उनी बोलिभियाको सिनेटको उपाध्यक्ष भएकी थिइन्। उनले तत्कालीन राष्ट्रपति इभो मोरालेजले राजीनामा दिएपछि आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गराएकी थिइन्।

मोरालेजले गराएको निर्वाचनमा धाँधली भएको भन्दै देशभरि चर्को विरोध भएपछि उनले राजीनामा दिन बाध्य भएकी थिइन्। राजीनामापछि आफूलाई असुरक्षा महसुस भएको भन्दै उनले मेक्सिकोमा शरण लिएकी थिइन्। उनले देश छाडेकाले पनि अन्तरिम राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न अनेजलाई सजिलो भएको थियो।

अनेज राजनीतिमा आउनुभन्दा अगाडि अधिवक्ता तथा लोकप्रिय टेलिभिजन कार्यक्रम प्रस्तोतासमेत थिइन्।

– एजेन्सी

Logo