बन्दुकसम्बन्धी कानुनको माग गर्दै अमेरिकाका प्रमुख सहरमा जुलुस

बन्दुकसम्बन्धी कानुनको माग गर्दै अमेरिकाका प्रमुख सहरमा जुलुस

केन्द्रबिन्दु
0
Shares

बन्दुकसम्बन्धी कडा कानुनको माग गर्दै हजारौँ प्रदर्शनकारीले अमेरिकाका प्रमुख सहरहरूमा जुलुस निकालेका छन् ।

दुईवटा सामूहिक गोली काण्डको घटनापछि अमेरिकाभर प्रदर्शन भएको हो । सयौँको संख्यामा र्‍यालीमा सहभागीहरुले ‘मलाई गोली हान्नबाट स्वतन्त्रता चाहन्छु’ जस्ता नारा लगाएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले विरोध प्रदर्शनलाई समर्थन गर्दै कंग्रेसलाई बन्दुक सुरक्षा कानुन पारित गर्न आह्वान गरेका छन् ।

यसका बाबजुद रिपब्लिकनहरूले कानुनी परिवर्तनको सम्भावनालाई खारेज गर्ने सम्भावना छ । मे २४ मा टेक्सासको उभाल्देस्थित रोब इलिमेन्टरीमा भएको गोली काण्डमा १९ बालबालिका र दुई वयस्कको मृत्यु भएको थियो ।

त्यसअघि न्युयोर्कको बफेलोमा आक्रमण हुँदा १० जना मारिएका थिए । एकपछि अर्को ऋंखलाबद्ध हमलापछि अमेरिकामा बन्दुक नियन्त्रणका लागि पुन: आह्वान हुन थालेका छन् । 

शनिबार फ्लोरिडामा सन् २०१८ मा पार्कल्याण्ड स्कूल गोलाबारीबाट बचेकाहरूद्वारा स्थापना गरिएको बन्दुक सुरक्षा समूह मार्च फर अवर लाइभ्सले वाशिंगटन डीसी, न्यूयोर्क, लस एन्जलस र सिकागो लगायत देशभर ४५० र्‍याली निकालेको छ । 

एजेन्सी

Logo