जसले एउटै औँलाले उचाले १२९.५ किलोग्राम तौल

जसले एउटै औँलाले उचाले १२९.५ किलोग्राम तौल

केन्द्रबिन्दु
0
Shares

कुनै पनि भारोत्तोलकले १२९.५ किलोग्राम उचाल्दा गर्व नगर्ने कुरै भएन ।

तर, एउटा औंलाले उक्त तौल उठाउने कल्पना गर्न सक्नुहुन्छ ? यो बिल्कुल असम्भव लाग्न सक्छ ।  तर,  बेलायतका स्टिभ किलरले यस्तै अपत्यारिलो कार्य गरेका छन् । पेसेवर मार्शल कलाकारले एउटा औँलाले सबैभन्दा भारी सामान उठाउने यसअघिको विश्व कीर्तिमान तोडेका छन् । १० वर्ष पुरानो रेकर्डलाई उनले तोडेका हुन् ।

उनले सन् २०२२ को फेब्रुअरीमा केन्टमा रेकर्डका लागि प्रयास गरे र आफ्नो दाहिने हातको बीचको औंलाले १२९.५ केजी उचाल्न सफल भए । रेकर्डलाई आधिकारिक रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डले स्वीकार गरेको छ । गिनिजले यसबारेमा आफ्नो आधिकारिक वेबसाइटमा पोस्ट गर्‍याे ।  

किलरको प्रयासमा ६ वटा फलामका डिस्कहरू समावेश थिए – एउटा १० केजी तौलको, अर्को २० केजी तौलको, तीन वटा प्रत्येक २५ किलोग्राम तौलको र एउटा २६ केजीभन्दा अलि बढी तौलको । एउटा हुकलाई बीचमा पारेर डिस्कहरूलाई एउटा माथि अर्को गरेर राखिएको थियो । त्यसपछि उनले माँझी औँलाले हुकलाई उचालेका थिए । 

‘यो अविश्वसनीय रूपमा पीडादायी छ, तर मेरा औंलाहरू बलिया छन् र मलाई मेरो लिफ्टमा गर्व छ’, किलरले गिनिज बुक अफ वर्ल्ड रेकर्ड वेबसाइटलाई भने । वेबसाइटका अनुसार ४८ वर्षीय किलर विगत चार वर्षदेखि शक्ति प्रशिक्षणको अभ्यास गरिरहेका छन् ।

१८ वर्षको उमेरदेखि नै किलरले  जुडो र कराँतेको अभ्यास गर्दै आएका छन् । विश्व कीर्तिमान बनाउने प्रयासमा यस अभ्यासले पनि उनलाई ठूलो सहयोग गरेको थियो ।

एजेन्सी

Logo