ताइवानको स्वतन्त्रता रोक्न अन्तिम साससम्म लड्नेछौँ : चीन

ताइवानको स्वतन्त्रता रोक्न अन्तिम साससम्म लड्नेछौँ : चीन

केन्द्रबिन्दु
0
Shares

चीनको रक्षामन्त्रीले एकपटक पुनः कडा शब्दमा आफ्नो देश ताइवानको स्वतन्त्रता रोक्नका लागि अन्तिम साससम्म लड्ने स्पष्ट पारेको छ । रक्षामन्त्रीको यो बयान यस्तो समय आएको हो जब अमेरिका लगातार ताइवानमा चीनको रवैयाप्रति चिन्ता व्यक्त गर्दैछ ।

चीनका रक्षामन्त्री वे फेंग सिंगापुरमा चलिरहेको शांगरी–ला डायलगका बेला क्षेत्रीय व्यवस्थाको विषयमा चिनियाँ धारणाबारे विस्तारपूर्वक चर्चा गरिरहेका थिए । यसअघि शनिबार अमेरिकाले चीनमाथि ताइवान नजिकै ‘उत्तेजक र अस्थिरता बढाउने’ खालको कारवाही गरेको आरोप लगाएको थियो । जवाफमा चीनका रक्षामन्त्रीले आइतबार ताइवानलाई मुक्त गर्ने कुनै पनि प्रयासलाई कुल्चिने बताएका छन् ।

अमेरिकालाई आलोचना गर्दै उनले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्नुपर्ने पनि बताए । उनले आफ्नो देशको विकास अरुका लागि खतरा नभएको बताए ।

Logo