रुसले दक्षिण युक्रेनमा कब्जा गरेका दुई सहरहरू खेरसन र मेलिटोपोलका स्थानीयहरूलाई रुसी पासपोर्ट वितरण गर्न सुरु गरेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो प्रक्रियालाई तीव्रता दिइरहँदा युक्रेनले भने रुसको यो कदमको भर्त्सना गरेको छ । रुसी समाचार एजेन्सी तासले शनिबार एक समारोहबीच २३ जना खेरसनका नागरिकलाई रुसी पासपोर्ट वितरण गरेको जानकारी दिएको छ ।
समाचार एजेन्सीले हजारौँले रुसी पासपोर्टका लागि निवेदन दिएको दाबीसमेत गरेको छ । खेरसनमा रुसले नियुक्त गरेको गभर्नर भोलोदिमिर साल्डोले चाँडोभन्दा चाँडो ‘खारसेनका सबै कमरेड’ हरूले पासपोर्ट र रुसी नागरिकता प्राप्त गर्ने बताए ।
युक्रेनले भने रुसको यो कदम कानुनीरुपमा शून्य मानिने बताएको छ ।
प्रतिक्रिया