लस एन्जलसको पार्टीमा गोली चल्यो, ३ जनाको मृत्यु

लस एन्जलसको पार्टीमा गोली चल्यो, ३ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

लस एन्जलसको एउटा पार्टीमा गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु भएको र चार जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। 

आक्रमणको उद्देश्य प्रष्ट छैन। शंकास्पदका बारेमा प्रहरीले कुनै सूचना सार्वजनिक गरेको छैन । 

घाइतेमध्ये कम्तीमा एक जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। गोलीकान्डमा मारिनेमा २७ वर्षीय ड्यानियल डुनबार र २५ वर्षीय र्यान्डी टाइसन छन्। गोलीकान्डमा मारिएका तेस्रा व्यक्तिको पहिचान हुन बाँकी छ। 

बन्दुक नियन्त्रणसम्बन्धी कानुनको माग गर्दै अमेरिकी सहरहरूमा प्रदर्शन भइरहेका बेला पछिल्लो गोलीकान्ड सार्वजनिक भएको हो ।एजेन्सी

Logo