मःमको डल्ला अड्किएर मृत्यु भएपछि एम्स अस्पतालद्वारा स्वास्थ्य चेतावनी जारी

मःमको डल्ला अड्किएर मृत्यु भएपछि एम्स अस्पतालद्वारा स्वास्थ्य चेतावनी जारी

केन्द्रबिन्दु
0
Shares

अखिल भारतीय चिकित्सा विज्ञान संस्थान ( एम्स) ले भारतीयको प्रिय खाजा मःमबारे एक सल्लाह जारी गरेको छ।

मःमको डल्लो अड्किएर एक ५० वर्षीय पुरुषको मृत्यु भएपछि एम्सले स्वास्थ्य चेतावनी जारी गरेको हो। एम्सका फोरेन्सिक विज्ञहरूले पुरुषको मृत्युको कारण पत्ता लगाएपछि चिकित्सा निकायले सबैलाई ‘होशियारीसाथ निल्न’ सुझाव दिएको छ। उनलाई दिल्लीको एम्समा मृत अवस्थामा पुर्‍याइएको थियो। 

मदिराले मातेका ती व्यक्ति सडक छेउको एउटा पसलमा मःम खाइरहेका थिए। खाँदा खाँदै उनी अचानक भुइँमा ढलेका थिए। पोष्टमार्टम रिपोर्टमा उनको श्वास नलीमा एउटा मःमको डल्लो अड्किएको फेला परेको थियो। डाक्टरहरूले पनि मःमको डल्लो अड्किएर उनको मृत्यु भएको निष्कर्ष निकालेका थिए। 

मःम अड्किदा न्युरोजेनिक कार्डियाक अरेस्ट भएको चिकित्सकले निष्कर्ष निकालेका छन्। उनको मृत्युको कारक मःम पुष्टि भएपछि एम्सले  भारतमा सडक पसलदेखि उच्चस्तरीय रेष्टुरेन्टहरूमा पाइने यस लोकप्रिय परिकारबारे सुझाव जारी गरेको छ।एजेन्सी

Logo