संयुक्त राज्य अमेरिका : २०२४ को राष्ट्रपति चुनावको दिशा नोभेम्बरमा तय हुने

संयुक्त राज्य अमेरिका : २०२४ को राष्ट्रपति चुनावको दिशा नोभेम्बरमा तय हुने

केन्द्रबिन्दु
14
Shares

आगामी नोभेम्बरमा हुने अमेरिकी चुनावमा रिपब्लिकन पार्टीले ठूलो संख्यामा उम्मेदवारहरू बनाउनेछ जो पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको जो बाइडेनलाई २०२० को राष्ट्रपतिको चुनाव जित्न धाँधली गरिएको दाबीसँग सहमत छन्।

अमेरिकामा संसदीय र अन्य निर्वाचनअघि पार्टीभित्रै उम्मेदवार छनोट गर्ने प्रक्रिया छ । यसलाई प्राइमरी भनिन्छ। ट्रम्पका कट्टर समर्थक मानिने रिपब्लिकन पार्टीको प्राइमरीमा अहिलेसम्म १०८ जना यस्ता उम्मेदवारहरू निर्वाचित भएको कुरा वासिङ्टन पोस्ट पत्रिकाको विश्लेषणबाट आएको हो ।

प्राइमरीमा छनोट भएका उम्मेदवारहरूले सिनेट, हाउस अफ रिप्रिजेन्टेटिभ, राज्यका गभर्नर जस्ता महत्त्वपूर्ण पदका लागि प्रतिस्पर्धा गर्नेछन्। अहिलेको अमेरिकी जनमत प्रवृत्तिका अनुसार नोभेम्बरको मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले ठूलो सफलता पाउने अपेक्षा गरिएको छ ।

मंगलबार प्रकाशित एक मत सर्वेक्षण अनुसार राष्ट्रपति जो बिडेनको लोकप्रियतामा गिरावट लगातार तीन हप्ता जारी रह्यो । रोयटर्स-इस्पोसको सर्वेक्षणअनुसार राष्ट्रपतिको कामलाई अनुमोदन गर्ने ९अर्थात सन्तुष्ट० व्यक्तिको संख्या ३९ प्रतिशतमा झरेको छ भने असन्तुष्ट हुनेको संख्या ५६ प्रतिशत पुगेको छ ।

Logo