उत्तर कोरियामा फेरि अर्को महामारी फैलियो

उत्तर कोरियामा फेरि अर्को महामारी फैलियो

केन्द्रबिन्दु
0
Shares

कोरोनाको कहरबीच उत्तर कोरियामा फेरि अर्को महामारी फैलिएको छ । यो आन्द्रा को रोग हो। यो रोग हैजा र पेचिश जस्ता गम्भीर रोगहरू जस्तै भएको बताइएकोछ। यससँग जुध्न सैन्य शासक किम जोङ उन आफैं अगाडि बढेका छन् ।

कोरियाली केन्द्रीय समाचार एजेन्सीका अनुसार यो  महामारीको दक्षिणपश्चिमी हेजु सहरमा कति जना संक्रमित भएका छन् भन्ने अहिले नै स्पष्ट भइसकेको छैन । सामान्यतया टाइफाइड, डेसेन्टरी र हैजाजस्ता आन्द्रासम्बन्धी रोगहरू दूषित खानेकुरा, पानीमा भएका कीटाणु र सङ्क्रमित व्यक्तिको मलको सम्पर्कले लाग्ने गरेको छ गर्दछन्। यस्ता रोगलाई ‘इन्टरिक’ भनिन्छ । 

बिहीबार उत्तर कोरियामा २६ हजारभन्दा बढी मानिसमा ज्वरो र अन्य लक्षण देखिएको थियो । योसँगै अप्रिलदेखि हालसम्म देशमा ४५ लाखभन्दा बढी संक्रमित भेटिएका छन् । योसँगै भने मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

Logo