भाजपाले द्रौपदी मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने

भाजपाले द्रौपदी मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने

केन्द्रबिन्दु
0
Shares

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले  आदिवासी नेता द्रौपदी मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

भाजपाका अध्यक्ष जेपी नड्डाले मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीट गरेर यसको जानकारी दिएका छन् ।​ मुर्मु झारखण्डको पूर्वराज्यपाल हुन् । 

चुनाव जितेमा उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बन्नेछीन् । आदिवासी नेता मुर्मुको प्रतिस्पर्धा विपक्षीको तर्फबाट उम्मेदवार बनेका यशवंत सिन्हासँग हुने छ । द्रौपदी मुर्मु ओडिशाको मयूरभन्ज जिल्ला निवासी हुन् । 

पहिले शिक्षक रहेकी उनी पछि राजनीतिमा लागेकी थिइन् । उनी मयूरभन्जको रायरंगपुरबाट सन् २००० र २००९ मा गरी दुई पटक विधायक बनेकी थिइन् । भारतमा १६ औँ राष्ट्रपतिको निर्वाचन १८ जुलाईमा हुँदैछ । 

Logo