चिनियाँ सहरमा टेस्लाका कारमा प्रतिबन्ध

चिनियाँ सहरमा टेस्लाका कारमा प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

जुलाई १ देखि सुरु हुने चिनियाँ नेतृत्वको महत्वपूर्ण वार्षिक बैठक स्थल बेइडाइहे सहरमा अमेरिकी विद्युती सवारी निर्माता टेस्लाका कारहरूलाई २ महिनासम्म प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ ।

बेइडाइहे ट्राफिक पुलिस ब्रिगेडका एक अधिकारीले टेस्लाका कारलाई प्रतिबन्ध लगाइने पुष्टि गरेका छन् । यसको आधिकारिक घोषणा चाँडै हुने जनाइएको छ । ग्रीष्म शिखर सम्मेलनसमेत भनिने बेइडाइहे बैठक हरेक वर्ष हेबेई प्रान्तको रिसोर्ट सहरमा आयोजना गरिन्छ ।

बैठकमा अघिल्लो पुस्ताका चिनियाँ नेता मुख्य घरेलु मुद्दामा अनौपचारिक वातावरणमा भेला हुन्छन्  । यो  बैठक हरेक वर्ष जुनको अन्त्यदेखि अगस्टको सुरुमा बस्छ । टेस्ला कारमा जडान गरिएका क्यामेराले जासुसी गर्न सक्ने आशंकामा प्रतिबन्ध लगाइएको जनाइएको छ । टेस्लाको तेस्रो मोडलमा ८ ओटा क्यामेरा तथा मिलिमिटर-वेभ राडार र १२ अल्ट्रासोनिक सेन्सर जडान गरिएका छन् ।

एजेन्सी

Logo