नाइटक्लबमा गोली चल्यो, २ जनाको मृत्यु

नाइटक्लबमा गोली चल्यो, २ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नर्वेको राजधानी ओस्लोको एक नाइटक्लबमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु हुनुको साथै १० जना घाइते भएको नर्वे प्रहरीले जनाएको छ ।

 सार्वजनिक प्रसारक एनआरके र अन्य स्थानीय सञ्चार माध्यमले  गोलीबारी एउटा  लोकप्रिय समलैंगिक बार लन्डन पबमा भएको जनाएको छ । प्रहरीले संदिग्धलाई पक्राउ गरेको छ । आक्रमणको उद्देश्य के थियो भन्ने तत्काल खुल्न सकेको छैन ।

ओस्लोले शनिबार वार्षिक प्राइड परेड आयोजना गर्ने कार्यक्रम छ । ‘दुई जनाको मृत्यु भएको पुष्टि भएको छ’, ओस्लो प्रहरी विभागले ट्वीटमा भनेको छ ।गोली लागेर तीन जना गम्भीर घाइते भएका पनि प्रहरीले जनाएको छ । 

एजेन्सी

Logo