बंगलादेशमा निरन्तर वर्षाका कारण १०० भन्दा बढीको मृत्यु

बंगलादेशमा निरन्तर वर्षाका कारण १०० भन्दा बढीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बंगलादेशमा केही दिनदेखिको निरन्तर वर्षाका कारण आएको बाढीमा परी १०० जनाभन्दा बढीको ज्यान गएको बताइएको छ।

त्यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार ६४ वटा जिल्ला बाढीका कारण प्रभावित भएका छन्। ती जिल्लामा गरी १०२ जनाको ज्यान गएको छ। गएको मे १७ देखि जुन २८ सम्म बंगलादेशमा देशव्यापी रूपमा वर्षा भएको थियो। 

त्यतिबेला नै अधिकांश मानिसको ज्यान गएको बताइएको थियो।कतिपय जिल्लाहरूमा पछिल्ला दिनहरूमा पनि बाढीको प्रकोप जारी छ। बाढीले ल्याएका सर्पले टोकेर, चट्याङ परेर र बाढीले बगाएर धेरैको ज्यान गएको बताइएको छ।

बंगलादेशका स्वास्थ्य अधिकारीहरूले अहिले पनि कतिपय स्थानमा बाढीको प्रकोप जारी रहेको र ठूलो संख्याका मानिसहरू विस्थापित भएको बताएका छन्।बाढी प्रभावितहरूको उद्धार र सहयोगका लागि ठूलो संख्यामा सहायताकर्मी र प्रहरी परिचालन गरिएको बताइएको छ।

अघिल्लो हप्ताको बाढीले दर्जनौँ स्थानका बाटो बगाइदिएको छ। जसकारण मानिसहरूलाई कैयौँ जिल्लामा आवतजावत गर्न पनि कठिन भएको छ।त्यस्तै, बिजुली र खानेपानीका संरचनाहरू पनि बाढीले भत्काइदिएको छ। ती संरचना निर्माणको काम भइरहेको बताएका छन्।

   

Logo