बेलायतमा अर्थमन्त्री सुनकले राजीनामा दिएपछि जोनसनको सरकार संकटमा

बेलायतमा अर्थमन्त्री सुनकले राजीनामा दिएपछि जोनसनको सरकार संकटमा

केन्द्रबिन्दु
0
Shares

बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्य सचिव साजिद जाविदले राजीनामा दिएपछि प्रधानमन्त्री बोरिस जोन्सनको सरकार संकटमा परेको छ ।

प्रधानमन्त्रीको नेतृत्वको आलोचना गर्दै सुनक र जाविदले राजीनामा दिएका हुन् । 

आफ्नो सरकारमा यौन  दुव्र्यवहारको आरोपको सामना गरेका टोरी सांसद नियुक्त गरेकोमा प्रधानमन्त्री जोनसनले माफी मागिरहेका बेला सुनक र जाविदको राजीनामा आएको हो । 

सुनकले आफ्नो राजीनामा पत्रमा ‘ सरकार छाड्दा दुखी’ भएको तर सरकारलाई साथ दिन नसक्ने निस्कर्षमा पुगेको बताएका छन् ।
यसैबीच लेवर नेता सर केयर स्टाररले जोनसन सरकारको पतन हुन लागेको टिप्पणी गरेका छन् ।
 

Logo