मानिसको पुर्खा अस्ट्रेलोपिथेकस

मानिसको पुर्खा अस्ट्रेलोपिथेकस

केन्द्रबिन्दु
0
Shares

मानव सभ्यताको विकास कसरी भयो ? यो सधैँ नै आश्चर्यको विषय बनेको छ । 

मानिसहरू सधैं यस बारे जान्न चाहन्छन् । यतिबेला दक्षिण अफ्रिकाबाट आएको समाचारपछि अब मानव सभ्यताको नयाँ इतिहास लेखिने अनुमान गरिएको छ । स्ट्र्याकफन्टेन गुफामा हालै मानव जीवाश्महरू फेला परेका छन् । 

यी जीवाश्महरू फेला परेपछि अब मानव सभ्यताको विकासको नयाँ इतिहास लेख्न सकिने विज्ञहरूको अनुमान छ । यी जीवाश्महरू ३ दशमलब ४ देखि ३ दशमलब ६ लाख वर्ष पूरानो भएको बताइन्छ । वैज्ञानिकहरूले मानव विकासको इतिहासमा जीवाश्महरूले नयाँ अध्याय लेख्ने विश्वास गरिरहेका छन् । 

यसभन्दा अघि लुसी प्रजातिको जीवाश्म ३।२ मिलियन वर्ष पुरानो पाइएको थियो । अहिलेसम्म होमोसेपियन्सलाई नै मानवको पुर्खा मानिन्थ्यो । तर हालै पाइएको जीवाश्मालाई आधार मान्ने हो भने होमोसेपियन्सका पुर्खा सम्भवतः अस्ट्रेलोपिथेकस प्रजाति हुन् । जुन ४ दशमलब १ मिलियन वर्षदेखि ४ दशमलब ९ मिलियन वर्षसम्म बाँचेका थिए । 

अस्ट्रेलोपिथेकस प्रजाति अर्थात्, दक्षिणी बाँदर जसमा लुसि प्रजातीको बाँदर पनि पर्छ । लुसी सन् १९७४ मा इथियोपियामा उत्खनन्का बेला फेला परेकी थिइन् । उनको हड्डीलाई संसारको सबैभन्दा पुरानो हड्डी भनिन्छ । यो पुरातन मानिसहरूको सबैभन्दा पुरानो र पूर्ण कंकाल थियो । 

यी कंकालमा आधुनिक मानिससँग मेल खाने शरीरका अङगहरु थिए । यो प्रजाति बादरहरु भन्दा मानिसका नजिक थिए । दक्षिण अफ्रिकाका गुफामा फेला परेका अस्ट्रेलोपिथेकसका जीवाश्महरू लाई आधार मान्ने हो भने मानवको उत्पत्ति यहि ठाउँबाट भएको मान्न सकिने अध्ययनकर्ता बताउछन् । 

वैज्ञानिकहरुले सन् १९३६ मा यसै ठाउँमा एउटा वयस्क अस्ट्रेलोपिथेकसको जीवाश्म फेला परेपछि यो ठाउँ प्रसिद्ध भएको थियो । त्यहि खोजलाई निरन्तरता दिदै जादा अध्ययनकर्ताहरूले पून त्यहि ठाउँमा जीवाश्महरू फेला पारे जुन अस्ट्रेलोपिथेकस प्रजातिकै हो भनिएको छ ।

Logo