बिहारका पूर्व मुख्यमन्त्री लालु यादवको अवस्था गम्भीर

बिहारका पूर्व मुख्यमन्त्री लालु यादवको अवस्था गम्भीर

केन्द्रबिन्दु
0
Shares

बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको अवस्था गम्भीर भएको छ ।

भारतको बिहार राज्यका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादव रावडी देबि घरमा लडेर काँध भाँचिएको हो। 

उनको खुट्टा र ढाडमा पनि चोट लागेको छ । उनी मृगौला रोगलगायत अन्य स्वास्थ्य समस्याबाट पनि पीडित छन् । 

लालुकी छोरी तेजस्वी यादवले भनिन्, ‘बुवाको पूर्ण चेकअप हुनेछ । त्यसपछि मात्र उपचार सुरु हुनेछ । अहिले बुवाको शरीरमा कुनै हलचल छैन ।’ लालुको शीघ्र स्वास्थ्य लाभको लागि पटनाका मन्दिर र मस्जिदहरूमा उनका समर्थकहरु प्रार्थना गरिरहेका छन् । 

अहिले अस्पतालमा उपचारका क्रममा उनको पहिलो तस्बिर सार्वजनिक भएको छ । जसमा उनी गम्भीर अवस्थामा देखिएका छन् । यो तस्विर उनकी छोरी रोहिणी आचार्यले सामाजिक सञ्जाल ट्विटरमा राखेकी थिइन ।

Logo