चीनसँगका सबै समस्या चाँडो समाधान गर्नुपर्छ : भारत

चीनसँगका सबै समस्या चाँडो समाधान गर्नुपर्छ : भारत

केन्द्रबिन्दु
0
Shares

पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा एलएसीमा चीन र भारतबीच देखिएका सबै मुद्दा शीघ्र समाधान हुनुपर्नेमा भारतले जोड दिएको छ । 

इन्डोनेसियाको बालीमा बिहीबार सुरु भएको जी–२० का विदेशमन्त्रीको बैठकमा भाग लिने क्रममा   चिनियाँ समकक्षी वाङ यीसँग भारतका विदेशमन्त्री एस जयशङ्करले सो कुरामा जोड दिएका हुन् । कोरोना महामारीका कारण घर फर्किएका आफ्नो देशका विद्यार्थीलाई चीन फर्काउन तथा एलएसीसम्बन्धी बाँकी मुद्दा चाँडो समाधान गर्न उनको आह्वान थियो।   

जयशंकरले भारतीय विद्यार्थीलाई चीन फर्काउने प्रक्रिया शीघ्र अघि बढाउन तथा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने दिशामा बाँकी रहेका कामलाई गति दिनुपर्नेमा जोड दिएका विदेश मन्त्रालयले जनाएको छ । 

विदेशमन्त्री जयशङ्करले द्विपक्षीय सम्झौता र प्रोटोकलको पूर्णपालनाका साथै आफूहरूबीच अघिल्लो भेटवार्तामा भएका समझदारीको पालना महत्वपूर्ण हुने बताए ।  

Logo