मदिराले महिला र पुरुषको मस्तिष्कमा फरक-फरक प्रभाव

मदिराले महिला र पुरुषको मस्तिष्कमा फरक-फरक प्रभाव

केन्द्रबिन्दु
0
Shares

हालै गरिएको एक अध्ययनमा एउटा अनौठो कुरा बाहिर आएको छ । जुन मुसामा गरिएको अध्ययन हो  ।

मुसामा गरिएको एक अध्ययनमा मदिराले पुरुष र महिलाको मस्तिष्कमा फरक–फरक प्रभाव पार्ने पत्ता लागेको हो । मुसा र मानिसको मस्तिष्कको समान संरचना र कार्य प्रणालीका कारण मदिरा सेवनले महिला र पुरुषमा फरक–फरक असर गर्छ भन्ने निष्कर्ष अध्ययनकर्ता पुगेका हुन् ।

हालसम्म मदिराले मस्तिष्कमा हुने असरबारे धेरै अध्ययनहरू भएका छन् । मदिरा सबैभन्दा व्यापक रूपमा प्रयोग हुने र प्रभावकारी मादक पदार्थ मध्ये एक मानिन्छ । विज्ञहरूले यसलाई स्लो पोइजन हो भनेका छन् । 

इन्युरो नामको एकेडेमिक जर्नलमा प्रकाशित गरिएको सो अध्ययनमा मदिराले पुरुष र महिलाको मस्तिष्कलाई फरक–फरक असर गर्छ भन्ने दाबी गरेको हो । आधारको रुपमा वैज्ञानिकहरूले रक्सीको प्रभावले मुसाको मस्तिष्कको एमिग्डालाको गतिविधिमा आएको परिवर्तनलाई माने । 

यो परिवर्तन र प्रभाव भाले र पोथी मुसामा फरक–फरक रूपमा देखिएको थियो । चिन्ता, डिप्रेसन र अन्य डिसअर्डर मदिराको प्रयोगले यी रोगका लागि एकअर्काको लागि रोग चक्रको रूपमा काम गर्दछ । विशेष गरी मदिराको लतले हडबडाउने  र बेचैनी बढ्ने गर्दछ । यो बेचैनीले मदिरा सेवनलाई उक्साउँछ ।

Logo