अभिनेता विक्रम अस्पताल भर्ना

अभिनेता विक्रम अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

हृदयघातको आशंकापछि साउथ अभिनेता चियान विक्रम अस्पताल भर्ना भएका छन् ।

उनको छातीमा समस्या देखिएपछि चेन्नईको कावेरी अस्पतालमा भर्ना गरिएको हो । उनको स्वास्थ्यका बारेमा अनेक अड्कलबाजी गरिएको छ । यद्यपि उनलाई के भएको हो भन्ने बारेमा डाक्टर, अस्पताल या विक्रमको टिमको तर्फबाट आधिकारिक रुपमा पुष्टि हुन सकेको छैन ।

केहीले उनलाई केहीदिन देखि ज्वरो र छातीमा दुखाई भइरहेको दाबी गरेका छन् । उनी निकटका अनुसार विक्रमको स्वास्थ्य अवस्था स्थिर छ र उनलाई निगरानीमा राखिएको छ ।

एजेन्सी

Logo