मलेसियाली नागरिकलाई सिंगापुरमा फाँसी

मलेसियाली नागरिकलाई सिंगापुरमा फाँसी

केन्द्रबिन्दु
0
Shares

सिंगापुरले एक मलेसियाली कैदीलाई मृत्युदण्ड दिएको छ ।

लागुऔषध ओसारपसार गरेको अभियोगमा कलवन्त सिंह नाम गरेका एक मलेसियालीलाई मृत्युदण्ड दिइएको हो । सिंहले अन्तिम मिनेटमा माफीको लागि अनुरोध गरेका थिए । तर, उनको याचनालाई अदालतले अस्वीकार गरेको थियो ।

कलवन्त सिंहको मृत्युको खबर सिंगापुरका मानवअधिकार कार्यकर्ता कर्सटन हानले आफ्नो ट्वीटमा पुष्टि गरेकी छिन् । हानका अनुसार कलवन्त जस्तै उही मुद्दामा हिरासतमा रहेका र सिंगापुरका नोराशरी गौसलाई पनि लागूऔषध तस्करीको अभियोगमा फाँसी दिइएको थियो ।

Logo