वाराणसीमा ट्याटु खोप्न एउटै सुईको प्रयोग गर्दा १४ जनामा एचआइभी

वाराणसीमा ट्याटु खोप्न एउटै सुईको प्रयोग गर्दा १४ जनामा एचआइभी

केन्द्रबिन्दु
0
Shares

यदि तपाइँ ट्याटूको शौखीन हुनुहुन्छ भने यो खबर तपाइँका लागि विशेष हुन सक्छ । ट्याटू बनाउने तपाइको शौख खतरनाक बन्नसक्छ । हालै वाराणसीका १४ जनासँग यस्तै दुखद घटना भएको छ ।  

विरामी १४ जनाको रगत परिक्षण गर्दा उनीहरुमा एचआईभीको संक्रमण देखिएको छ । ट्याटु खोपाएर मानिस बिरामी परेको खबर बरगाउँका २० वर्षीय युवक र नग्माकी २५ वर्षीया युवती बिरामी परेपछि सबैलाई यो विषयका बारेमा खबर पाएका थिए । अग्रवालका अनुसार विरामीमा भाइरल टाइफाइड, मलेरिया लगायत रोगको परीक्षण गरिएको थियो । तर धेरै प्रयास गर्दा पनि बिरामीको ज्वरो नहटेकाले उनीहरुको एचआइभी परीक्षण गरिएको थियो । यस परीक्षणमा भने सबै बिरामीमा एचआइभी पोजिटिभ पाइएको थियो ।

परीक्षण गर्दा यी एचआईभी पोजिटिभ बिरामीहरूमध्ये कसैलाई पनि शारीरिक सम्पर्क वा संक्रमित सुई वा रगतका कारण यो रोग नलागेको पाईएको थियो । तर ती सबै विरामीमा एउटा कुरा समान थियो । ती सबै विरामीले भर्खरै ट्याटु बनाएका थिए । यस विषयमा थप अनुसन्धान गर्दै जादा के खुल्यो भने सबै विरामीहरुले एउटै व्यक्तिबाट ट्याटु बनाएका थिए ।

अनुसन्धानबाट यो पनि रहस्य खुल्यो कि ट्याटु आर्टिस्टले यी सबै विरामीहरुलाई ट्याटु बनाउन एउटै सुईको प्रयोग गरेका थिए । 
 

Logo