बेलायतमा कन्जरभेटिभ पार्टीको नेताका लागि ऋषि सुनकको कठिनाई बढ्दै

बेलायतमा कन्जरभेटिभ पार्टीको नेताका लागि ऋषि सुनकको कठिनाई बढ्दै

केन्द्रबिन्दु
0
Shares

बेलायतमा सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि पूर्व अर्थमन्त्री ऋषि सुनकको कठिनाइ बढ्दै गएको छ ।

अहिले सुनकले गरिब सहरी क्षेत्रको बजेट धनी क्षेत्रमा हस्तान्तरण गर्ने वकालत गरेको स्वीकार गरेका छन् । यसैबीच, नेता पदका लागि चलिरहेको चुनावी अभियानमा सुनकले बेलायती नागरिकतासँगै अमेरिकी ग्रिनकार्ड पनि राखेको जानकारी पनि ठूलो विषय बनेको छ ।

कन्जरभेटिभ पार्टीको नेता पदका लागि सेप्टेम्बर ५ मा निर्वाचन हुँदैछ । यसमा बोरिस जोन्सनको सरकारमा विदेशमन्त्री रहेका सुनक र लिज ट्रसबीच सीधा प्रतिस्पर्धा छ । केन्ट काउन्टीमा कन्जरभेटिभ पार्टीका सदस्यहरूलाई सुनकको भाषणबाट पछिल्लो विवाद उत्पन्न भएको छ। त्यहाँ उनको भाषणको भिडियो न्यु स्टेट्सम्यान पत्रिकाले खिचेको थियो। 

Logo