एफबीआईको छापापछि ट्रम्पको प्रश्न : यो कार्य र वाटरगेट स्क्यान्डलमा के फरक छ ?

एफबीआईको छापापछि ट्रम्पको प्रश्न : यो कार्य र वाटरगेट स्क्यान्डलमा के फरक छ ?

केन्द्रबिन्दु
0
Shares

अमेरिकी अनुसन्धान एजेन्सी ‘एफबीआई’ले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको विलासी पाम हाउस र रिसोर्ट मार–ए–लिगोमा छापा मारेको छ । स्थानीय समय अनुसार सोमबार राति एफबीआईले छापा मारेको हो ।

 अनुसन्धान एजेन्सीका एजेन्टहरूले ट्रम्पको घर घेरा हाली खोज तलासी भएको थियो । पूर्व राष्ट्रपति ट्रम्पले नै यस विषयका बारेमा मिडियालाई जानकारी दिएका हुन । यद्यपि एफबीआईले भने यस विषयमा कुनै औपचारिक जानकारी दिएको छैन । ट्रम्पको निवास फ्लोरिडाको पाम बिचमा रहेको छ ।

ट्रम्पले यस कार्यलाई वाटरगेट काण्डसँग तुलना गर्दै अमेरिका भ्रष्टाचारको मामलामा कम विकसित मुलुकको स्तरमा पुगिसकेको आरोप लगाएका छन् । उनले मिडियालाई सोध्दै भने ‘यो कार्य र वाटरगेट स्क्यान्डलमा के फरक छ ? यो अभियोजनको कुप्रथा र न्यायिक प्रणालीको हतियार हो ।’ 
पूर्व राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा विज्ञप्तिमा जारी गर्दै भनेका छन ।  

पूर्व राष्ट्रपतिले एफबीआई एजेन्टहरू मार–ए–लागोमा किन आइपुगे भनेर मिडियालाई भनेका छैनन । ट्रम्पका अनुसार छापामार टोलीले उनको दराज पनि तोडेर हेरेका थिए । 

Logo