वर्षाका कारण डेड भ्यालीमा १ हजार मानिस विस्थापित

वर्षाका कारण डेड भ्यालीमा १ हजार मानिस विस्थापित

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको संसारकै सबैभन्दा सुख्खा ठाउ अर्थात डेड भ्याली निकुञ्जमा भारी वर्षासँगै ठुलो बाढी आएको छ । डेड भ्याली निकुञ्जमा यसभन्दा अघि प्रत्येक वर्ष ०.०४ इन्चसम्म पानी पर्ने गरेको थियो ।

तर हालै भएको भारी वर्षाका कारण बाढी आउँदा डेड भ्याली निकुञ्ज आसपासका १ हजार भन्दा बढी मानिसहरु विस्थापित भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । वातावरणविद्का अनुसार त्यहाँ  १.७ इन्चसम्म वर्षा भएको थियो ।

वर्षाकै कारण ६० भन्दा बढी कारहरुमा नोक्सान पुगेको अधिकारीहरु बताउँछन् । बाढीका कारण निकुञ्ज समेत बन्द गरिएको अधिकारीहरुले बताएका छन् ।

Logo