श्रीलंकामा १२३ दिनपछि सरकारविरुद्धको आन्दोलन अन्त्य

श्रीलंकामा १२३ दिनपछि सरकारविरुद्धको आन्दोलन अन्त्य

केन्द्रबिन्दु
0
Shares

श्रीलंकामा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेविरुद्ध सुरु भएको आन्दोलन १२३ दिनपछि अन्त्य भएको छ । हाल श्रीलंका देशको इतिहासमा अभूतपूर्व आर्थिक संकटबाट गुज्रिरहेको छ।

आन्दोलनकारीले अप्रिल ९ मा गाले फेसमा  ‘गोटा गो होम’ भन्ने नाराका साथ सरकारविरुद्ध प्रदर्शन सुरु गरेका थिए।आफूहरुले सामूहिक रूपमा गाले फेस छोड्ने निर्णय गरेको तर आफूहरुको संघर्ष समाप्त भएको नभएको प्रदर्शनकारीहरूको भनाइ छ । 

संसदले पूर्वप्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई सन् २०१४ सम्म राजापाक्षेको कार्यकाल पूरा गर्न निर्वाचित गरेपछि प्रदर्शनकारीहरूलाई प्रदर्शन स्थल छोड्न दबाब परेको थियो। राष्ट्रपति बनेपछि विक्रमासिङ्घेले सेना र प्रहरीलाई आन्दोलनकारीलाई पक्राउ गर्न निर्देशन दिएका थिए । त्यसपछि सेना र प्रहरीले प्रदर्शनकारीलाई राष्ट्रपति भवन र राजभवनबाट जबरजस्ती हटाएका थिए।

जुलाई २२ मा, सुरक्षा बलले प्रदर्शनकारीहरूलाई राष्ट्रपति सचिवालयबाट हटाएको थियो। आन्दोलनकारीले वैशाख ९ गतेदेखि नै राष्ट्रपतिको गेट र राष्ट्रपति सचिवालय कब्जा गरेका थिए । पक्राउ परेकाहरूले या त अदालतको आदेशको अवहेलना गरेको वा राज्य भवनमा जबरजस्ती प्रवेश गरेको भन्दै सरकारले पक्राउको बचाउ गरेको थियो।
 
गत महिना गोटाबाया राजापाक्षे देश छोडेर माल्दिभ्स र त्यसपछि सिंगापुर गएका थिए । यसपछि, १४ जुलाईमा प्रदर्शनकारीहरूले उनको सरकारी निवासमा आक्रमण गरेपछि क्रमशः धेरै प्रमुख सरकारी भवनहरू कब्जा गरेका थिए। यसअघि उनका भाइ महिन्दा राजापाक्षेले मे महिनामा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए भने परिवारका अन्य चार सदस्यले पनि मन्त्री पदबाट राजीनामा दिएका थिए।

प्रदर्शनकारीले राजापाक्षे परिवारले अव्यवस्था र भ्रष्टाचार गरेर देशलाई समस्यामा पारेको आरोप लगाएका छन् । अप्रिल ९ मा प्रमुख सहरहरूमा साना आन्दोलनहरू भए जो पछि जनआन्दोलनमा परिणत भए।

Logo