ताइवानमाथिको चिनियाँ दबाब सामान्य बनाउन दिन्नौँ: अमेरिका

ताइवानमाथिको चिनियाँ दबाब सामान्य बनाउन दिन्नौँ: अमेरिका

केन्द्रबिन्दु
0
Shares

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनलाई ताइवानमाथिको नयाँ दबाबलाई सामान्य बनाउन अमेरिकाले अनुमति दिन नसक्ने बताएकी छन् ।

चीनले आफ्नो दाबी गरिएको टापुको भ्रमणपछि केही बेइजिङको सैन्य अभ्यासलाई लिएर उनको भनाइ आएको हो । ‘चीनले ताइवान माथिको नयाँ दबाबलाई सामान्यकरण गर्न खोजेको पायौँ । र हामी त्यसो हुन दिन सक्दैनौं’, पेलोसीले एसिया भ्रमणका क्रममा उनीसँगै यात्रा गरेका अन्य चार डेमोक्र्याटिक हाउसका सदस्यहरूसँगको पत्रकार सम्मेलनमा भनिन् ।

चीनले ताइवान वरपर ‘विभिन्न कार्य’ पूरा गरेको तर तर नियमित गस्ती जारी राख्ने जनाएको छ । स्वशासित टापुमा दबाब जारी राख्ने जनाएको छ । 
ताइवान टापुको वरपर समुद्री अभ्यासहरू सञ्चालन गरेको भन्दै चीनको आलोचना गरेको छ । पेलोसीको ताइवान भ्रमणको विरोधमा बेइजिङले सैन्य अभ्यास गर्दै आएको छ ।

चीनको सेनाले यसअघि घोषणा गरेको लाइभ फायर अभ्यास आइतवार समाप्त भएपछि ताइवान वरिपरि ठूलो मात्रामा सैन्य अभ्यास जारी राखेको जनाएको छ । चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डले पनडुब्बी विरोधी आक्रमण र समुद्री आक्रमणको अभ्यास गर्ने जनाएको छ ।

एजेन्सी 

Logo