विद्रोहीको हमलामा तीन भारतीय सुरक्षाकर्मी मृत्यु

विद्रोहीको हमलामा तीन भारतीय सुरक्षाकर्मी मृत्यु

केन्द्रबिन्दु
0
Shares

जम्मु र कश्मीरमा भएको  आक्रमणमा भारतीय सिपाहीको मृत्यु भएको छ ।

विद्रोहीको हमलामा उनीहरुको मृत्यु भएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ । जम्मु र कश्मीरको रजौरीमा विद्रोहीको हमलामा तीन सैनिकको मृत्यु भएको जनाइएको छ । उक्त हमलामा दुई सैनिक घाइते भएका जनाइएको छ । विद्रोहीतर्फ भएको क्षतिबारे केही खुलाइएको छैन् ।

घटनास्थलमा थप सुरक्षा फौज परिचालन गरिएको प्राप्त विवरणमा जनाइएको छ । भारत प्रशासित काश्मीरमा विखन्डनकारी समूह र सुरक्षा फौजबीज बारम्बार झडप हुने गरेका छन् । 

एजेन्सी

Logo