जापानमा उकालो लाग्दै कोरोना संक्रमणको ग्राफ, थप २ लाख ४६ हजार संक्रमित फेला

जापानमा उकालो लाग्दै कोरोना संक्रमणको ग्राफ, थप २ लाख ४६ हजार संक्रमित फेला

केन्द्रबिन्दु
0
Shares

जापानमा कोरोना संक्रमणको ग्राफ उकालो लागेको छ । पछिललो २४ घण्टामा २ लाख ४६ हजार संक्रमित थपिएका छन् । यसअघि बुधबार १ लाख ९६ हजार संक्रमित थपिएका थिए भने मंगलबार १ लाख ७२ हजार जनामा संक्रमण पुष्टि भएको थियो ।

जापानमा हालसम्म १ कारोड ४८ लाख ६१ संक्रमित भएका छन् । ती मध्ये १ करोड २८ लाख संक्रमणमुक्त भएका छन् । त्यस्तै ३४ हजार भन्दा बढीको मृत्यु भएको छ भने २० लाख २६ हजार बढी संक्रिय संक्रमित छन् । पछिल्लो २४  घण्टामा थप २४८ जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै दक्षिण कोरियामा पनि कोरोना संक्रमणदर बढ्दो छ । त्यहाँ १ लाख ३७ हजार नयाँ संक्रमित थपिएका छन् । यसअघि बिहीबार १ लाख ४९ हजार संक्रमित भेटिएका थिए भने मंगलबार १ लाख ५१ हजारमा संक्रमण भएको थियो । वल्र्डओमिटरको तथ्याङक अनुसार विश्वभर ४ लाख ८६ हजार नयाँ संक्रमित फेला परेका छन् । 

Logo