चीनबाट ऋण लिनुअघि बिकासशील देशहरुले दुईपटक सोचौँ : बंगलादेशी अर्थमन्त्री

चीनबाट ऋण लिनुअघि बिकासशील देशहरुले दुईपटक सोचौँ : बंगलादेशी अर्थमन्त्री

केन्द्रबिन्दु
0
Shares

बंगलादेशका अर्थमन्त्री मुस्तफा कमलले चीनको महत्वपूर्ण परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभमार्फत ऋण लिने विकासोन्मुख देशहरूलाई चेतावनी दिएका छन् । बेइजिङको खराब कर्जा निर्णयले केही देश ऋण संकटमा परेको भन्दै उनले चीनले ऋण लिनुअघि दुईपटक सोच्नुपर्ने बताए ।

कमल मुस्तफाले बेइजिङलाई आफ्नो ऋणको मूल्याङ्कन गर्न थप बलियो प्रक्रिया अपनाउन चेतावनी दिँदै यस्ता खराब ऋणले ऋणमा डुबेका उदीयमान बजारहरूलाई दबाब दिने बताए। कुनै पनि आयोजनालाई कर्जा दिनुअघि राम्रोसँग अध्ययन गर्नुपर्ने उनको भनाइ छ । फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा बंगलादेशका अर्थमन्त्रीले यी महत्वपूर्ण टिप्पणी गरेका हुन् । बीआरआईको सन्दर्भमा उनले विश्वको अवस्था हेर्दा सबैले यो परियोजनामा ​​सहमत हुन दुईपटक सोच्ने बताए ।  उनले भने, सबैले चीनलाई दोष दिइरहेको र चीन यसमा असहमत हुन सक्दैन। यो उनीहरुको जिम्मेवारी हो ।

बंगलादेश पनि चीनको ऋणी 

चीनको बीआरआईमा बंगलादेश पनि सहभागी भएतापनि ढाकाले हाल बेइजिङको करिब ४ अर्ब अमेरिकी डलर अर्थात् कुल बाह्य ऋणको ६ प्रतिशत ऋणी रहेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेख हसिना लगायतका अधिकारीहरूसँग भेटघाटका लागि सप्ताहन्तमा बंगलादेशको भ्रमण गर्दा यो टिप्पणी आएको हो। चीनले आफूलाई बंगलादेशको सबैभन्दा भरपर्दो दीर्घकालीन रणनीतिक साझेदारको रूपमा पनि वर्णन गर्दछ।
 

Logo