जम्मू कश्मीरमा दुई दिनमा तेस्रो आतंकवादी हमला

जम्मू कश्मीरमा दुई दिनमा तेस्रो आतंकवादी हमला

केन्द्रबिन्दु
0
Shares

कश्मीरको अनन्तनाग जिल्लाको बिजबिहारा क्षेत्रमा पुलिस र सीआरपीएफको संयुक्त दलमा आतंकवादी हमला भएको छ। 

यस आक्रमणमा एक प्रहरी घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । आक्रमणको सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मी घटनास्थलमा पुगेका थिए । टोलीले इलाकालाई घेराबन्दी गरेर खोजी अभियान सुरु गरेको छ ।

यसअघि बिहीबार राति बन्दीपोरामा आतंकवादीहरूले गैर कश्मीरी मजदुरहरूलाई निशाना बनाएका थिए। बिहीबार बिहान आतंकवादीहरूले जम्मू डिभिजनको राजोरीमा रहेको सेनाको शिविरमा फिदाइन आक्रमण गरेका थिए।

Logo