ह्यारी पोटर की लेखिकालाई पनि ज्यान मार्ने धम्की

ह्यारी पोटर की लेखिकालाई पनि ज्यान मार्ने धम्की

केन्द्रबिन्दु
0
Shares

चर्चित लेखक सलमान रुस्दीमाथि हमलापछि ह्यारी पोटर उपन्यासकी लेखिका जेके रोलिङलाई पनि ज्यान मार्ने धम्की आएको छ । रुस्दीको समर्थनमा ट्वीट गरेपछि उनले यो धम्की पाएकी हुन् ।

५७ वर्षीया लेखिका रोलिङले सलमान रुस्दीमाथि हमलापछि ट्वीटरमा यस्तो घटनाबाट आफूलाई गहिरो चोट लागेको बताएकी थिइन्।

आशा छ उपन्यासकारलाई छिट्टै निको होस्। उनको यो ट्वीटमा एक प्रयोगकर्ताले चिन्ता नगर्नुहोस्। अब  तपाईंको पालो। भन्दै जवाफ दिएका थिए ।

रोलिङले यो ट्विटको स्क्रिनसट पनि सेयर गरेकी छिन् । यो धम्कीपछि धेरैले रोलिङको समर्थनमा ट्वीट गरेका छन् ।

Logo