पेलोसीको भ्रमणको चर्चा सेलाउन नपाउँदै अर्को अमेरिकी प्रतिनिधिमण्डल ताइवानमा

पेलोसीको भ्रमणको चर्चा सेलाउन नपाउँदै अर्को अमेरिकी प्रतिनिधिमण्डल ताइवानमा

केन्द्रबिन्दु
0
Shares

अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणले सिर्जना गरेको चीन-अमेरिका तनाव सेलाउन नपाउँदै अमेरिकी सांसदहरूको नयाँ प्रतिनिधिमण्डल ताइवानको भ्रमणमा आएको छ । 

पेलोसीको भ्रमणपछि चीनले ताइवान स्ट्रेटमा ठूलो सैन्य अभ्यास सुरु गरेको थियो यसको दुई साता नबित्दै अमेरिकी सांसदहरूको नयाँ प्रतिनिधिमण्डलले ताइवानको भ्रमणमा आएको हो । म्यासाचुसेट्सका सिनेटर मार्कीको नेतृत्वमा अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल दुई दिने भ्रमणको लागि आइतवार राति ताइवान पुगेको हो । 

त्यहाँ उनीहरूले राष्ट्रपति साइ इङ्ग(वेनसहित उच्च ताइवानी नेतालाई भेट्ने कार्यक्रम रहेको छ । प्रतिनिधिमण्डलले ताइवानका वरिष्ठ नेतासँग अमेरिका–ताइवान सम्बन्ध, क्षेत्रीय सुरक्षा, व्यापार र लगानी, विश्वव्यापी आपूर्ति शृङ्खला, जलवायु परिवर्तन र पारस्परिक हितका अन्य महत्वपूर्ण विषयमा छलफल गर्ने बताइएको छ ।

ताइपेईमा रहेको अमेरिकी दूतावासका अनुसार अमेरिकी प्रतिनिधिमण्डलले आज बिहान ताइवानको राष्ट्रपति कार्यालयमा राष्ट्रपति साईसँग भेटवार्ता गर्ने कार्यक्रम छ । चीनको निरन्तर सैन्य चेतावनीबीच ताइवानले आइतबार नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको संयुक्त रूपमा संरक्षण गर्न र ताइवान स्ट्रेटमा सुरक्षाको रक्षा गर्न भारतलगायत सबै समान विचार भएका राष्ट्रहरूसँग घनिष्ठ समन्वय कायम राख्दै आफ्नो आत्मरक्षा क्षमतालाई निरन्तर बढाउने बताएको छ । 
 

Logo