इन्धनको मुल्यवृद्धी विरुद्ध बंगलादेशमा प्रदर्शन

इन्धनको मुल्यवृद्धी विरुद्ध बंगलादेशमा प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आइतबार विशाल प्रदर्शनहरू भएका छन् । 

यहाँ एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । तीव्र गतिमा अर्थतन्त्र विस्तार भइरहेको एसियाली मुलुकका हजारौं नागरिकले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले देशमा आर्थिक संकट देखापर्न सक्ने भन्दै देशका विभिन्न सहरमा प्रदर्शन गरिरहेका छन् ।   

अनपेक्षित रूपमा वृद्धि भएको इन्धनको मूल्यका कारण ८६ टाका अर्थात् ११५.२९ नेपाली रुपैयाँ प्रतिलिटरमा पाइने पेट्रोल १३० टाका अर्थात् १७४।२७ नेपाली रुपैयाँ पुगेको छ । त्यसैगरी यहाँ डिजल र मट्टितेलको मूल्य ४२.५ प्रतिशतले बढेको बताइएको छ ।   

विश्वका अन्य धेरै मुलुकमा जस्तै रूसले युक्रेनमा आक्रमण गरेपछि विश्वव्यापी रूपमा बढिरहेको इन्धनको मूल्यबाट बंगलादेश पनि प्रभावित भएको हो । ऊर्जामन्त्री नसरुल हमिदले मूल्यवृद्धि उच्च भएको तर विदेशमा नै इन्धनको मूल्य बढेपछि यसमा आफ्नो मुलुकले केही गर्न नसक्ने बताएका छन् ।

सरकारले आर्थिक अव्यवस्था निम्त्याएको भन्ने आरोप उनले अस्वीकार गरे। विगतमा मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले अनुदान दिएको तर अहिले मूल्य बढाउनुको विकल्प नभएको उनको भनाइ थियो ।   
 

Logo