सुडानमा भीषण वर्षापछि बाढी : ५२ जनाको मृत्यु

सुडानमा भीषण वर्षापछि बाढी : ५२ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सुडानमा भीषण वर्षा भएको छ । वर्षापछि आएको बाढी र पहिरोका कारण आइतबार रातिसम्म कम्तीमा पनि ५२ जनाको ज्यान गएको बताइएको छ । यहाँको उत्तरी कोरदोफान राज्यमा बाढीको बढी असर देखिएको छ । सो राज्यमा मात्र १९ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । 

यहाँको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार उत्तरी र मध्य सुडानमा व्यापक वर्षा छ । यहाँको  दुई सय १९ हेक्टर क्षेत्रफल कृषियोग्य जमिनमा क्षति पुगेको छ । यस क्षेत्रका पाँच हजारभन्दा बढी घरमा क्षति पुगेको छ । 

सरकारले यहाँका प्रहरी, सेना तथा अन्य उद्धारकर्मीहरु परिचालन गरेको छ । दुई दिनदेखि वर्षा जारी रहेकाले थप सतर्कता अपनाउन भनिएको छ । यहाँ गएको जुन महिनादेखि नै वर्षा भइरहेको र मानवीय क्षति पुगेको छ । 

Logo