आणविक प्लान्ट नजिकको गोलीबारीले दुर्घटनाको जोखिम बढ्यो

आणविक प्लान्ट नजिकको गोलीबारीले दुर्घटनाको जोखिम बढ्यो

केन्द्रबिन्दु
0
Shares

जापोरिझिया आणविक प्लान्टलाई रुसी कब्जाबाट मुक्त गराउन युक्रेनले पावर प्लान्टमा उपस्थित रुसी सैनिकलाई लगातार निशाना बनाउँदै आएको छ ।

पावर प्लान्ट नजिकै लगातार दुईतर्फी फायरिङका कारण ठूलो आणविक दुर्घटनाको जोखिम बढ्दै गएको छ । जी ७ ले रसियालाई आणविक विनाशको डरले उर्जा केन्द्रबाट सेना फिर्ता गर्न अपील गरेको छ। अर्कोतर्फ दुर्घटनाको डरले प्लान्ट नजिकका क्षेत्रहरु खाली हुन थालेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जापोरिझियामा प्रत्येक रूसी सैनिक, जसले पावर प्लान्टमा गोली हानेको वा युक्रेनी सैनिकहरूलाई निशाना बनाउने, युक्रेनी सेना र विशेष बलहरूको विशेष लक्ष्य रहेको बताएका छन् । 

डिनिप्रो नदीको दक्षिणी किनारमा रहेको प्लान्ट रुसी सेनाको नियन्त्रणमा छ भने तटको अर्को छेउमा रहेको सहरी क्षेत्र युक्रेनी सेनाको नियन्त्रणमा छ। युक्रेनले रूसले आणविक प्लान्टको आडमा शहरी क्षेत्रमा बमबारी गरिरहेको आरोप लगाएको छ, तर युक्रेनी सेनाले आणविक दुर्घटनाको डरले प्रतिक्रिया दिन असमर्थ छ।
 

Logo