मालेमा चार रुसी सेनाको हत्या

मालेमा चार रुसी सेनाको हत्या

केन्द्रबिन्दु
0
Shares

अल-कायदा-सम्बन्धित जिहादी समूहले मध्य मालीमा एम्बुसमा पारेर रूसी सुरक्षा समूह वाग्नरका चार भाडाका सैनिकहरूलाई मारेको दाबी गरेको छ । 

सहेलको मुख्य जिहादी गठबन्धन सपोर्ट ग्रुप फर इस्लाम एन्ड मुस्लिम (जीएसआईएम)ले शनिबार वाग्नर सिपाहीहरूको समूहलाई बान्डियागारा क्षेत्रमा आक्रमण गरेको जनाएको छ । जीएसआईएमका लडाकुले रुसी सुरक्षा समूहका चार जनाको हत्या गरेको उक्त समूहले जनाएको छ । 

गुप्तचर अनुगमन समूह एसआइटीई र स्थानीय निर्वाचित अधिकारीले पनि पनि हत्याको पुष्टि गरेका छन् । ‘बन्डियागारा नजिकै जिहादीहरूले सप्ताहन्तमा चार रुसीको हत्या गरेका छन्’, एक स्थानीय अधिकारीले नाम नबताउने शर्तमा भने ।

एजेन्सी

Logo