ताइपेय भ्रमणमा रहेको अमेरिकी सांसदको टोली र ताइवानकी राष्ट्रपतिबीच भेट

ताइपेय भ्रमणमा रहेको अमेरिकी सांसदको टोली र ताइवानकी राष्ट्रपतिबीच भेट

केन्द्रबिन्दु
0
Shares

ताइवान भ्रमणमा रहेको अमेरिकी प्रतिनिधि मण्डलले तावानी राष्ट्रपतिसंग भेटवार्ता गरेको छ । 

म्यासाचुसेट्सका सिनेटर एड मार्कीको नेतृत्वमा रहेको पाँच सदस्यीय प्रतिनिधिमण्डलले राष्ट्रपति साई इङ वेनसँग भेटघाट गरेको हो ।ताइवानलाई अमेरिकाले आफ्नो महत्वपूर्ण हिस्साको रुपमा लिँदै आएको छ । यद्यपि ताइवानले आफूलाई सार्वभौमसत्ता र स्वतन्त्र देश ठान्छ । चीनले अमेरिकालाई एक चीन नीति पालना गर्न दबाब दिँदै आएको छ । 

यसैबीच चीनले फेरि ताइवान वरपर सैन्य अभ्यास सुरु गरेको छ । अमेरिकी सांसदहरूको प्रतिनिधिमन्डलले ताइवान भ्रमण गरिरहेका बेला चीनले ताइवान वरपर सैन्य अभ्यास सुरु गरेको हो । एक साताअघि अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमण गरेकी थिइन् । भ्रमणको विरोधमा चीनले यस्तै अभ्यास गरेको थियो ।

 

Logo