गायक राहुलमाथि बलात्कार गरेको आरोप

गायक राहुलमाथि बलात्कार गरेको आरोप

केन्द्रबिन्दु
0
Shares

गायक राहुल जैनमाथि कस्ट्युम डिजाइनरलाई फ्ल्याटमा बोलाएर बलात्कार गरेको आरोप लागेको छ ।

मुम्बई पुलिसले सोमबार बलिउडका चर्चित गायक राहुल जैनविरुद्ध ३० वर्षीय पोशाक स्टाइलिस्टलाई बलात्कार गरेको आरोपमा एफआईआर दर्ता गरेको हो ।

पीडित महिलाले आफुलाइ मुम्बईको फ्ल्याटमा बोलाएर बलात्कार गरेको आरोप लगाएकी छिन् । ओशिवारा पुलिस स्टेशनमा उजुरी दिँदै ती महिलाले भनिन्,'राहुलले मलाई सोशल मिडिया मार्फत सम्पर्क गरी मेरो कामको प्रशंसा गरेका थिए । त्यसपछि राहुलले मलाई कस्ट्युम देखाउन भनि आफ्नो फ्ल्याटमा बोलाएर बलात्कार गरे ।'

गायक प्रमाण नष्ट गर्न चाहन्थे?

ती महिलाले सिङ्गरलाई रोक्न खोज्दा राहुलले उनलाई कुटपिट गर्नुका साथै प्रमाण नष्ट गर्ने प्रयास पनि गरेको बताइन् ।

पीटीआईको रिपोर्ट अनुसार प्रहरी अधिकारीले ती महिला अगस्ट ११ का दिन राहुल जैनको फ्ल्याटमा गएकी थिइन् । राहुलले सामान देखाउने बहानामा आफूसँगै सुत्ने कोठामा गएर बलात्कार गरेका थिए। 

यी खण्डहरू अन्तर्गत मुद्दा दर्ता

पुलिसले गायक राहुल जैन विरुद्ध आईपीसीको धारा ३७६, ३२३ र ५०६ अन्तर्गत एफआईआर दर्ता गरेको छ । प्रहरीका अनुसार राहुल जैन अझै पक्राउ परेका छैनन् । 

गायकले आरोप अस्वीकार गरे

गायकले आफूमाथि लागेको आरोपको खण्डन गर्दै भनेका छन्,'म यी महिलालाई चिन्दिन । म माथि लागेका सबै आरोप झुटा र आधारहीन हुन् ।'

उनले थपे, 'यसअघि पनि एक महिलाले म माथि यस्तै आरोप लगाएका थिए । तर अदालतबाट न्याय पाएको थिए ।' सोही क्रममा गायकले भने, हुनसक्छ, 'यी महिला ती महिलाकी सहयोगी हुन सक्छिन ।'

Logo