लण्डनमा छुट्टी मनाइरहेका दुबईका युवराजको तस्बिर भाइरल, वरपरका मानिसहरूले चिन्न सकेनन्

लण्डनमा छुट्टी मनाइरहेका दुबईका युवराजको तस्बिर भाइरल, वरपरका मानिसहरूले चिन्न सकेनन्

केन्द्रबिन्दु
0
Shares

दुबईका युवराज शेख हमदान बिन मोहम्मद अल मकतूमको एउटा पोस्ट इन्टरनेटमा भाइरल भइरहेको छ । युवराज शेख हमदान बिन मोहम्मद अल मकतूम हाल आफ्नो परिवार र साथीहरूसँग लन्डनमा छुट्टी मनाउँदै छन्।

उनले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टमा लन्डनमा रमाइलो गरेको तस्बिर सेयर गरिरहन्छन् । इन्स्टाग्राममा उनका १४.५ मिलियन फलोअर्स छन् । यस्तो अवस्थामा उनको सेयर गरिएको एक पोस्ट भाइरल भइरहेको छ । 

भाइरल पोष्टमा उनी आफ्ना साथीसँग देखिएका छन् । उनी लन्डन अन्डरग्राउन्डमा देखिएका छन् । त्यति मात्र होइन, उनी सामान्य यात्रुजस्तै त्यसमा यात्रा गगरिरहेका छन् । उनको सादगी लण्डन अण्डरग्राउण्डमा देखेरै अनुमान गर्न सकिन्छ ।

मेट्रोजस्तै लन्डन अन्डरग्राउन्डले र्‍यापिड ट्रान्जिट सिस्टममा काम गर्छ। यो ग्रेटर लन्डनको भागहरूमा र इङ्गल्याण्डको बकिंघमशायर, एसेक्स र हर्टफोर्डशायरको छेउछाउका काउन्टीहरूमा छ।

Logo