सिरियाको सीमा पोस्टमा टर्कीले गरेको आक्रमणमा १७ जनाको मृत्यु

सिरियाको सीमा पोस्टमा टर्कीले गरेको आक्रमणमा १७ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

टर्कीको सेनाले सिरियाको सीमा चौकीमा गरेको हवाई हमलामा १७ जना लडाकुको मृत्यु भएको एक युद्ध अनुगमन निकायले जनाएको छ ।

‘टर्कीको सीमा नजिकै सिरियाली सरकारी चौकीहरूमा टर्कीले गरेको हवाई आक्रमणमा १७ जना लडाकू मारिएका छन्’, सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले भनेको छ । टर्कीको हवाई आक्रमणको सिरियाले बदला लिने जनाएको छ । 

पीडितहरू सरकार वा कुर्दिस सेनासँग सम्बद्ध थिए वा थिएनन् भन्ने बारेमा केही खुलाइएको छैन् ।

‘टर्कीको आक्रमणमा परी कम्तीमा तीन सिरियाली सैनिकको मृत्यु भएको र ६ जना घाइते भएका छन् । हाम्रो सशस्त्र बलद्वारा सञ्चालित सैन्य चौकीमा कुनै पनि आक्रमण भएमा सबै मोर्चाहरूमा प्रत्यक्ष र तत्काल जवाफ दिइनेछ’,  सानाले भनेको छ ।

Logo