मिटरमैन थ्री मिसाइलको परीक्षणमा अमेरिकालाई सफलता

मिटरमैन थ्री मिसाइलको परीक्षणमा अमेरिकालाई सफलता

केन्द्रबिन्दु
0
Shares

अमेरिकाले मिटरमैन थ्री मिसाइलको सफल परीक्षण गरेको छ । यो एक अन्तरमहादेशीय मिसाइल हो । जसले आणविक हतियार बोक्न सक्छ । क्यालिफोर्नियाको सान्ता बारबरा कन्ट्रीमा रहेको भान्डेनबर्ग स्पेस फोर्स बेसबाट सो मिसाइल परीक्षण गरिएको थियो । 

क्षेप्यास्त्र प्रक्षेपण भएको स्थानबाट मार्शल टापु ६ हजार ७५० किलोमिटर टाढा गएर आफ्नो लक्ष्यमा प्रहार गरेको थियो । अमेरिकी वायुसेनाले स्थानीय समय अनुसार बिहान १२.४९ बजे मिसाइल प्रहार भएको जनाएको छ । अमेरिकी वायुसेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, यो परीक्षण प्रक्षेपण दिनचर्याको हिस्सा हो । 

यसको उद्देश्य अमेरिका २१ औं शताब्दीको खतरालाई रोक्न सक्षम छ भनी देखाउनु हो । यसबाट हामीले हाम्रा सहयोगीहरूलाई अमेरिकी आणविक अवरोधहरूबाट सुरक्षित, भरपर्दो र प्रभावकारी रहेको देखाएका छौँ । अमेरिकाले यसअघि पनि ३ सय वटा यस्तै परीक्षण गरिसकिएको छ ।
 

Logo