जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोरोना संक्रमण

जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोभिड – १९ पोजिटिभ देखिएको छ। उनमा  कोभिडका हल्का लक्षणहरू छन्। उनी हाल आइसोलेसनमा रहेका छन् 

यसअघि जापानको स्थानीय सञ्चारमाध्यमले जापानी प्रधानमन्त्रीलाई शनिबार राति हल्का ज्वरो, खोकी जस्ता सामान्य लक्षणहरू अनुभव गर्न थालेको जनाएको थियो । ६५ वर्षीय जापानी नेता आफ्नो परिवारसँग करिब साता लामो गर्मी बिदामा थिए। यसपछि उनी सोमबार पुनः काममा फर्किने भएका थिए ।

शनिबार जापानमा २ लाख ५३ हजार २६५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । यो लगातार तेस्रो दिन थियो, जब देशमा २।५ लाख भन्दा बढी घटनाहरू रिपोर्ट गरिएको थियो। यस अवधिमा टोकियोमा २५ हजार २७७ नयाँ केस दर्ता भएका छन् ।

ओसाका प्रिफेक्चरमा २३०९८ नयाँ केसहरू रिपोर्ट गरियो। मियागी, यामागाटा, टोटोरी, ओकायामा र टोकुशिमा प्रिफेक्चरमा पनि रेकर्ड संख्याको पुष्टि भएको थियो।

Logo