श्रीलंकामा अब आन्दोलनकारीको सम्पत्ति जफत हुने, कडा कारबाहीको तयारीमा सरकार

श्रीलंकामा अब आन्दोलनकारीको सम्पत्ति जफत हुने, कडा कारबाहीको तयारीमा सरकार

केन्द्रबिन्दु
0
Shares

श्रीलंकामा चार महिनाभन्दा बढी समयदेखि चलेको सरकार विरोधी सङ्घर्ष मा सक्रिय रहेका कार्यकर्तालाई अब थप कडा कारबाही हुनसक्ने भएको छ । हालसम्म धेरै आन्दोलनकारी नेता पक्राउ परेका छन् ।

यसैबीच अब शहरी विकास तथा आवासमन्त्री प्रसन्न रणतुङ्गाको वक्तव्यले आन्दोलनमा सक्रिय रहेका कार्यकर्ताको चिन्ता बढेको छ । रणतुङ्गाले कोलम्बोको प्रमुख प्रतिरोध स्थल गाले फेसमा आन्दोलनका कारण भएको क्षतिको मूल्य आन्दोलनकारीबाट असुल गरिने बताएका छन् ।

गाले फेस क्षेत्र राष्ट्रपति निवासको ठीक अगाडि अवस्थित छ।उक्त क्षेत्रले हरियाली क्षेत्रको दर्जा पाएको छ । रणतुङ्गाले यो सार्वजनिक सम्पत्ति भएको बताए । त्यस क्षेत्रको विकासमा सहरी विकास प्राधिकरणले धेरै रकम लगानी गरेको छ ।

मन्त्री रणतुङ्गाले गाले फेसस्थित प्रतिरोध स्थल कायम गर्न सर्वोच्च अदालतमा निवेदन दिने कार्यकर्तालाई उक्त क्षेत्रमा भएको क्षतिको जिम्मेवारी लिइने बताएका छन् ।

Logo