नयाँ कलाकारको भविष्य सुनिश्चित गर्न रोयल्टीको व्यवस्था गर्नुपर्छ : राज्यमन्त्री मानन्धर

नयाँ कलाकारको भविष्य सुनिश्चित गर्न रोयल्टीको व्यवस्था गर्नुपर्छ : राज्यमन्त्री मानन्धर

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले नयाँ पुस्ताका कलाकारको भविष्य सुनिश्चितताको लागि रोयल्टीको व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

बिहिबार अग्रज गायिका तारा देवीको स्मृतिमा गर्न लागिएको कार्यक्रमबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री मानन्धरले रोयल्टीको व्यवस्थापन गर्न सके अग्रज तथा नयाँ श्रष्टाको सम्मान हुने बताए । उनले अग्रज श्रष्टाको नाममा रहेका विभिन्न फाउन्डेशनहरुलाई मर्ज गर्दै रोयल्टी व्यवस्थापन गर्ने आफ्नो अभियान रहने बताए ।

सो अवसरमा तारा देवी तथा सम्मान कार्यक्रम गरिने आयोजकले जनाएको छ । कार्यक्रम शुक्रबार हुनेछ । कार्यक्रममा तारादेवीले गाएका एक दर्जन भन्दा बढी गीत अग्रज तथा अनुज गायक गायिकाबाट गीत संगित प्रस्तुत गरिने तारा देवी स्मृति फाउन्डेशनका कोषाध्यक्ष रमेश थापाले जानकारी दिए ।

Logo