शिवसताक्षीमा धमाधम चक्रपथ निर्माण

शिवसताक्षीमा धमाधम चक्रपथ निर्माण

केन्द्रबिन्दु
98
Shares

झापा । शिवसताक्षी नगरपालिकाको गौरव आयोजनाका चक्रपथ निर्माण धमाधम भइरहेको छ। हालसम्म ७५ प्रतिशत कार्यप्रगति भएको नगरपालिकाले जनाएको छ।

नगरका सबै वडालाई पालिकासँग जोड्नेगरी निर्माण थालिएको चक्रपथको २८ किलोमिटर खण्डमा काम सम्पन्न भएको पालिकाका सूचना अधिकारी प्रकाश चौधरीले राससलाई जानकारी दिए। चक्रपथ ३९ किलोमिटरको हुनेछ। नगर चक्रपथमा पूर्वपश्चिम राजमार्र्ग र शिवगञ्ज–व्याङडाँडा रोडबाहेकका खण्डमा कालोपत्र भइरहेको छ। पञ्चवर्षीय योजनाअनुरुप २०७८ सालमा निर्माण सुरु भएको हो।

चक्रपथ निर्माणका लागि रु सात करोड केन्द्रीय सरकार, एक करोड ३० लाख कोशी प्रदेश सरकारले लगानी गरेको छभने बाँकी लगानी पालिकाको आन्तरिक स्रोतबाट भएको छ।

स्थानीय नागरिकलाई आवातजावतमा सहज पहुँच होस् भन्ने उद्देश्यले निर्माण गरिएको चक्रपथले गाउँलाई सहरसँग जोडेको छ। चक्रपथ माइधार–धरमपुर, दक्षिणमा मङ्गलबारे–घेरावारी, कमल पुल–पाँचगाछी बजार हुँदै बुलोचोकबाट वडा नं ४ र ५ हुँदै शिवगञ्जसम्म जोडिएको छ। शिवगञ्जबाट व्याङडाँडापूर्व झरना पुल हुँदै चिल्लागढ–नहरसम्म विस्तार गरिने छ।

Skip This
Logo