महानवमीका दिन तलेजु भवानीको मन्दिरमा भक्तजनको भिड

महानवमीका दिन तलेजु भवानीको मन्दिरमा भक्तजनको भिड

केन्द्रबिन्दु
0
Shares

वर्षमा एक पटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज खुलेको छ। हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिरमा दर्शन गर्नको लागि बिहानैदेखि भिड लागेको छ।

मन्दिरमा देशका सबै तिरका भक्तजनहरूले पूजाअर्चना गर्नका लागि आउने गरेको पाइन्छ। तलेजु भवानीलाई नेवार समुदायले इष्ट देवताको रूपमा पुज्ने गर्दछन्।

तलेजुलाई दैवी शक्ति वा मातृ शक्तिका रूपमा  पनि पुजिने गरिन्छ।त्यस्तै, आज देशै भरिका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको देख्न सकिन्छ। 

Logo