मिस टिन नेपालमा २० जनाले भाग लिने

मिस टिन नेपालमा २० जनाले भाग लिने

केन्द्रबिन्दु
196
Shares

काठमाडौं । काठमाडौं जेसिजले आयोजना गर्ने ‘मिस टिन नेपाल २०२४’ मा २० जना प्रतियोगीले सहभागिता जनाउने भएका छन् ।

आयोजक काठमाडौं जेसिजले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १९औँ संस्करणको ‘मिस टिन नेपाल, २०२४’का लागि तीन चरणको अडिसनबाट २० जना प्रतियोगि छनोट भएको जानकारी दिएको हो ।

मिस टिनमा सहभागी हुन योग्य १६ देखि १९ वर्ष उमेरसम्मका किशोरीहरु छनोट भएको काठमाडौं जेसिजकी अध्यक्ष एञ्जिला खड्काले बताइन् । उनका अनुसार देशैभरीका योग्यतम किशोरीहरूले अडिसनमा सहभागी हुन पाउने छन् । विभिन्न कलेजका विद्यार्थीहरू सहभागी हुने छन् ।

प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्ने उनले बताए । विजेताले मिस नेपालको प्रतियोगितामा स्वतः सहभागिता जनाउन पाउने खड्काले जानकारी दिइन् ।

Logo