महासंघले बाढीपहिरोबाट अति प्रभावित जिल्लालाई एक/एक लाख राहत दिने

महासंघले बाढीपहिरोबाट अति प्रभावित जिल्लालाई एक/एक लाख राहत दिने

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बाढीपहिरोबाट अति प्रभावित जिल्लालाई एक/एक लाख रूपैयाँ राहत रकम दिने भएको छ ।

महासंघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला उद्योग वाणिज्य संघमार्फत अति प्रभावित जिल्लालाई एक/एक लाख रूपैयाँका दरले राहत रकम प्रदान गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

असोज १० देखिको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति समेत महासंघले दुःख पनि व्यक्त गरेको छ । महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघहरु मार्फत उक्त रकम राहतका लागि उपयोग गरिने जनाएको छ ।

विपद्‌मा आ–आफ्नो तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन महासंघ कार्यकारिणी समिति सदस्य लगायत सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएट एवं द्धिराष्ट्रिय संघहरु एवं सम्पूर्ण उद्यमी व्यवसायीहरुलाई पनि आग्रह गरेको छ ।

Skip This
Skip This
Logo