काठमाडौं

पशुपतिनाथलाई पछिल्लो सात वर्षमा ६८ करोड २० लाख रुपियाँ भेटी प्राप्त भएको छ । "/>

विगत ७ वर्षमा पशुपतिनाथ मन्दिरमा ६८ करोड २० लाख भेटी संकलन

विगत ७ वर्षमा पशुपतिनाथ मन्दिरमा ६८ करोड २० लाख भेटी संकलन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

पशुपतिनाथलाई पछिल्लो सात वर्षमा ६८ करोड २० लाख रुपियाँ भेटी प्राप्त भएको छ । पशुपति क्षेत्र विकास कोषले गत आर्थिक वर्षको असार मसान्तसम्म प्राप्त हुन आएको भेटिका आधारमा यो तथ्य सार्वजनिक गरेको हो । पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाले पशुपतिनाथलाई सरदर वार्षिक १३ करोड रुपियाँको हाराहारीमा भेटी प्राप्त भइरहेको जानकारी दिनुभयो । २०६८ अघि पशुपतिनाथको भेटी गणना गर्ने परम्परा थिएन ।

यो वर्षमा साउन महिनाको सोमवार, बोलबम यात्रा, हरितालिका तीजपर्व र जनैपूर्णिमामा प्राप्त भेटी भने गणना भइरहेको छ । पशुपति विकास कोषका अनुसार भेटी गणनामा १२ जना भन्दा बढी कर्मचारी खटिएका छन् । तीनवर्ष अघि २०७२ सालको भूकम्प र यसपछिको एकवर्ष पशुपतिनाथलाई कम भेटी प्राप्त भएको थियो ।

वार्षिक १३ करोड रुपैयाँको हाराहारीमा प्राप्त भेटी भूकम्पका बेला नौ करोड ७६ लाख रुपैयाँमा सीमित हुन पुगेको थियो । २०६८ चैत २६ गते पशुपतिनाथ भेटीघाटी व्यवस्थापन नियमावली लागू भएपछि विगतमा यहाँको भेटी पशुपतिनाथका पुजारी तथा भण्डारीले बाँडीचुँडी भाग लगाई लैजाने परम्परा अन्त्य भएको थियो ।

नियमावलीपछि पशुपति क्षेत्र विकास कोषले भेटीलाई बैङ्कमा राख्ने प्रवन्ध गरेको छ । मूलपुजारीसहित भण्डारीको तलव भत्ता, मन्दिर भित्रका निर्माण कार्य तथा व्यवस्थापनमा हुने खर्च भेटीमा प्राप्त रकमबाट गरेको छ ।
गोरखापत्रबाट

 

Logo