जब यी व्यक्तिलाई खुलमखुला किस गरिन् प्रियंकाले

जब यी व्यक्तिलाई खुलमखुला किस गरिन् प्रियंकाले

केन्द्रबिन्दु
0
Shares

प्रियंका चोपडा बलिउडकी यस्ती अभिनेत्री हुन्, जसले अन्तर्राष्ट्रिय फेम पाएकी छिन् । हलिउड फिल्ममा समेत अभिनय गरेकी उनी गायकीको कारण पनि लोकप्रिय छिन् । तर यी अविवाहित हिरोइन प्रेम रोमान्सको कुराले बेलाबखत विवादमा तानिन्छन् ।

केहि बर्षअघि उनी शाहरुख खानसँग रातभर बसेको प्रसंगले बलिउडमा आगो लगाएको थियो । त्यसबेला उनीहरु रातभर किन बसे ? के गर्दै बसे भनेर मिडियाले चियोचर्चा गरेको थियो ।

त्यसअघि बिवाहित/अबिवाहित हिरोहरुसँग उनको नाम जोडिने गरेको छ । यसपाली उनले न्युयोर्कको सडकमा खुलेआम एक व्यक्तिलाई किस गरेको फोटो सोशल मिडियामा छाएको छ । पुरै कालो पहिरन लगाएकी उनले कसलाई किस गरेकी थिइन् ?

धेरै अलमलिनुपर्दैन, किनभने यसपाली उनले विगतमा जस्तो रियल लाइफमा हंगामा मच्याएकी होइनन् । यसपाली रिल लाइफ ड्रामा हो । उनले आफ्नो को स्टारलाई किस गरेकी हुन् ।
प्रियंका अहिले टेलिभिजन सिरियल क्वांटिको सिजन ३ सुटिङ गरिरहेकी छिन् । त्यसैको एक दृश्यमा उनले को एक्टर एलन पावलसँग किस सिन सुट गरेकी हुन् । यहि फोटो सोशल मिडियामा छाएको हो ।

Logo